गृहपृष्ठ सरकारले मजदुरको न्यूनतम् ज्याला बढाउने

सरकारले मजदुरको न्यूनतम् ज्याला बढाउने

फाइल फाेटाे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मजदुरको न्यूनतम् ज्याला बढाउने योजना बनाइरहेको बताए । विश्व मजदुर दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले श्रम ऐन २०७४ को पूर्ण कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको भन्दै मजदुरको न्युनतम् ज्याला बढाउने तयारी भइरहेको जानकारी दिए । शुभकामना सन्देशमा नेपालको हरेक राजनीतिक–सामाजिक परिवर्तनमा श्रमिक वर्गले आफ्नो जीवन र रोजगारीको पर्वाह नगरी ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको भन्दै राजनीतिमा युगान्तकारी परिवर्तनका लागि श्रमजीवी वर्गले पु¥याएको योगदानको सम्मान व्यक्त गरेको छ । अहिलेसम्म देशभित्र श्रमको उचित ढंगले सदुपयोग र सम्मान गर्ने वातावरणको अभाव रहेका कारण ठूलो संख्यामा युवा जनशक्ति श्रमका लागि मुलुकबाट बाहिरिन बाध्य भएको र श्रम शोषणको शिकार हुन विवश भएको भन्दै नेपाली युवा श्रमिकको अवस्थाप्रति सरकार संवेदनशील रहेको स्पष्ट पारेको छ ।
प्रधानमन्त्री ओलीले सक्रिय युवा जनशक्तिको ज्ञान, सीप र ऊर्जालाई सम्पूर्ण रूपमा देशको विकास र निर्माणका निम्ति सदुपयोग गर्ने वातावरण सिर्जना गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

प्रकाशित समय १६:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु