गृहपृष्ठ बुटवल पुगेर नेता गजुरेलले भने- ओली सरकार फेल भइसक्यो

बुटवल पुगेर नेता गजुरेलले भने- ओली सरकार फेल भइसक्यो

‘प्रतिपक्षी कांग्रेस भिजेको बिरालो’

cp gajurel

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले कम्युनिस्ट सरकारले कम्युनिस्टकै उपहास गरेको आरोप लगाएका छन् । करको दायरा फाराकिलो बनाउने बहानामा दुनियाँमा नै नभएका करका दरहरु बढाएर कम्युनिस्ट सरकारले आफ्नै उपहास गरेको उनको भनाइ छ ।

देश र देशबासीका समस्या समाधान गर्नुको सट्टा सरकार सेवा सुविधा बढाउनतर्फ लागेको भन्दै उनले सरकार फेल भइसकेको दाबी गरे । निर्मला पन्त हत्याकाण्डमा सरकार पूर्णरुपमा असफल भएको नेता गजुरेलले बताए ।

विस्तारै यो घटना अन्तर्राष्ट्रियकरण हुन थालेको भन्दै उनले यसमा देशको अवस्था के–कस्तो भन्ने विषयमा जनताले बुझ्ने बेला आएको बताए । सरकारले शिक्षामा माफियाकरण गरेको भन्दै उनले गोविन्द केसीका माग पूरा गर्न नसक्नु आफैंमा लज्जाको विषय भएको बताए । नेता गजुरेलले भने, ‘माफिया, दलाल र नोकरसाही पुँजीपतीको कब्जामा देश गइसक्यो ।’

वाइड बडी विमान खरिदमा भएको भ्रष्टाचारले पञ्चेहरुलाई पनि उछिनेको उनले दाबी गरे । मन्त्रीहरुकै संलग्नतामा भएको भ्रष्टाचारले देश कंगाल बन्ने अवस्था आएको नेता गजुरेलले बताए । राष्ट्रपतिले १८ करोडको गाडी किन्नु गरिब जनतालाई उपहास गर्नुबाहेक केही नभएको नेता गजुरेलको भनाइ छ । नेपाली कांग्रेसले पनि प्रतिपक्षको भूमिका देखाउन नसक्दा भिजेको बिरालो जस्तै भएको उनको तर्क छ ।

कार्यक्रममा नेता गजुरेलले अब बृहत आन्दोलनको आँधिबेहेरीको आवश्यकता बढ्दै गएको बताए । सरकारका अनैतिक काममाथि दबाब दिन पनि आन्दोलन गर्नुको विकल्प नभएको उनले बताए । ‘पाँच वर्ष टिक्न दियो भने यो सरकारले सबै सक्छ,’ उनले भने ।

प्रकाशित समय १५:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु