गृहपृष्ठ अरूको संस्कृति कुनै पनि बहानामा अंगीकार गरिँदैन : प्रधानमन्त्री

अरूको संस्कृति कुनै पनि बहानामा अंगीकार गरिँदैन : प्रधानमन्त्री

kp oli-newskarobar

प्रधानमन्त्री केपी शर्मा ओलीले अरुको संस्कृति र मूल्य मान्यतालाई कुनै पनि बहानामा अंगीकार नगर्ने बताएका छन् । हाम्रा पूर्वज ऋषिमुनिबाट धेरै कुराहरु सिक्न सकिने भन्दै क्रिस्चियन धर्म प्रचारक संस्थाले आयोजना गरेको एसिया प्यासिफिक समिटमा प्रधानमन्त्री ओलीले नैतिक रुपमा आत्मसमर्पण नगरिने प्रतिबद्धता जनाए ।

‘भौतिक वस्तुहरुको अभाव हाम्रो समाजको केही हिस्साले अझै पनि भोगिरहेको छ तर यसको अर्थ यो होइन कि हामी नैतिक रुपमा नै आत्मसमर्पण गर्ने वा अरुको संस्कृति र मूल्य-मान्यतालाई अंगीकार गर्न आतुर छौं,’ उनले भने, ‘मलाई के विश्वास छ भने हिमालयमा अवस्थित यो प्राचीन सहरले पूर्वज ऋषिमुनिहरूको ज्ञानको माध्यमबाट हाम्रा सन्ततिको जीवनलाई कसरी उज्ज्वल बनाउने भन्नेबारेमा धेरै सिकाउन सक्छ ।’

प्रकाशित समय १५:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु