गृहपृष्ठ मनाङको लगातार पाँचौं जित

मनाङको लगातार पाँचौं जित

football-newskarobar

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लबले लगातार पाँचौं जित निकालेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेलमैदानमा शनिबार भएको खेलमा सरस्वती युथ क्लबलाई २–० गोलले पराजित गरेको हो । मनाङको जितमा अञ्जन विष्ट र आफिज ओलावालेले एक/एक गोल गरे ।

उपाधि होडमा रहेको मनाङले खेलको ५५औँ मिनेटमा अञ्जनको गोलबाट अग्रता लिएको थियो । खेलको ६८औं मिनेटमा ओलावालेले गोल गर्दै मनाङलाई २–० को अग्रता दिलाए ।

मनाङका कमल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले १० हजार रूपैया प्राप्त गरे । जितसँगै मनाङ पाँच खेलबाट १५ अंक जोड्दै लिगको शीर्ष स्थानमा यथावत् छ । मनाङसँग पराजित सरस्वती भने ६ अंकसहित तालिकाको सातौं स्थानमा छ ।

प्रकाशित समय २०:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु