गृहपृष्ठ नेविसंघको म्याद फेरि थपियो
नेविसंघको म्याद फेरि थपियो
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को केन्द्रीय कार्यसमितिको म्याद फेरि थप गरिएको छ । माघ १० गते बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले निर्णय गरे बमोजिम हुनेगरी तत्काललाई हालकै कार्यसमितिलाई निरन्तरता दिइएको हो ।
यसअघि थपिएको कार्यकाल बुधबार राति सकिँदै थियो । तर, अवधी केन्द्रीय समितिको बैठकले निर्णय नगर्दासम्म कायमै रहने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
‘विधान अनुसार थपिएको समय सकिँदै गरेको र यसबीचमा नेविसंघले महाधिवेशन सम्पन्न गर्नुपर्ने दायित्वलाई निर्वाह गर्न नसकेको सन्दर्भ,’ प्रवक्ता शर्माले भने, ‘यसका कमजोरीको खोजी गरिनेछ र माघ १० गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरेबमोजिम हुनेगरी नेविसंघको कार्यसमिति दैनिक कार्यसञ्चालन गर्ने दायित्व निर्वाह गर्नेगरी यथावत रुपमा कायम गरिएको जानकारी गराउन चाहान्छु ।’
प्रकाशित समय १९:०९ बजे

















