गृहपृष्ठ प्रधानमन्त्रीले संसदमा भने- सुशासन र पारदर्शीताका लागि प्रतिबद्ध छु

प्रधानमन्त्रीले संसदमा भने- सुशासन र पारदर्शीताका लागि प्रतिबद्ध छु

pm-oli-newslarobar फाइल तस्बिर

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम थियो । सोही प्रश्नोत्तरमा सहभागी हुँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले नेपालीहरूले विदेशमा गरेको लगानीका सम्बन्धमा प्रश्न उठाए ।

खोज पत्रकारीता केन्द्र (खोपके)ले हालै प्रकाशित गरेको विवरणलाई आधार मान्दै सांसद अधिकारीले #नेपाललिक्स ले सार्वजनिक गरेको तथ्यको छानविन गर्न माग गरे ।

सांसद अधिकारीको प्रश्नको जबाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुशासन र विकासका लागि प्रतबद्ध रहेको प्रष्टिकरण दिए । उनले अनियमितताको सम्बन्धमा सहिष्णुता नहुने बताए । त्यससम्बन्धमा छानबिन गरी यथार्थता पत्ता लाग्ने उनले बताए । ‘देशलाई घाटा पार्ने कुरासँग कुनै प्रकारको सहिष्णुता हुँदैन,’ प्रधानमन्त्रीले संसदमा भने, ‘छानिबनपछि नै यथार्थता थाहा हुन्छ ।’

मुलुकबाहिर गएर गरिएको लगानी सैह्य नहुने र यसमा सरकारको ध्यान गएको प्रधानमन्त्रीले बताए ।

प्रकाशित समय १३:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु