गृहपृष्ठ राजदूत शेर्पाको राजीनामा स्वीकृत
राजदूत शेर्पाको राजीनामा स्वीकृत
सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको राजीनामा स्वीकृत गरेको छ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राजदूत शेर्पाले दिएको राजीनामा स्वीकृत भएको जानकारी दिएका छन् । मानव तस्करी, श्रम शोषणलगायत विभिन्न विवादमा परेपछि राजदूत शेर्पाले राजीनामा दिएकी थिइन् । परराष्ट्र मन्त्रालयले राजदूत शेर्पासँग स्पष्टीकरणसमेत सोधेको थियो ।
प्रकाशित समय ०७:२७ बजे
















