गृहपृष्ठ सांसदको प्रश्न- निर्मलाका हत्यारा कहाँ छन्, बालुवाटार कि सिंहदरबार ?

सांसदको प्रश्न- निर्मलाका हत्यारा कहाँ छन्, बालुवाटार कि सिंहदरबार ?

गृहमन्त्री भन्छन्- जहाँ भए पनि छाडिन्न

Rambahadur_Thapa_Badal_newskarobar

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई ‘निर्मलाका हत्यारा कहाँ छन्, बालुवाटार कि सिंहदरबार ?’ भन्दै प्रश्न गरेका छन् । कांग्रेस सांसद डिला संग्रौलाले ‘निर्मलाका हत्यारालाई तत्काल पक्राउ गरी मुद्दा किन चलाइएको छैन ?’ भनेर प्रश्न गरेकी थिइन् ।

जवाफमा गृहमन्त्रीले कञ्चनपुरकी बालिका निर्मला पन्त बलात्कार र हत्याकाण्डको अनुसन्धान जारी रहेको बताए । ‘यस विषयमा सरकार गम्भीर छ,’ उनले भने, ‘अनुसन्धानमा लापर्बाही गर्ने प्रहरीलाई कारबाही गरिसकिएको छ, अनुसन्धानलाई तीव्र गतिमा अगाडि बढाइएको छ ।’

मन्त्रीको जवाफप्रति चित्त नबुझेपछि प्रतिप्रश्न गर्दै सांसद संग्रौलाले भनिन्, ‘निर्मला पन्तका हत्यारा बालुवाटार या सिंहदरबारमा कहाँ छन् ? जवाफ दिनुपर्‍यो ।

जवाफमा गृहमन्त्री बादलले भने, ‘जहाँसम्म अपराधीहरू बालुवाटार या सिंहदरबार कहाँ छन् भन्ने प्रश्न छ, अपराधी जहाँ भए पनि कानुनको कठघरामा आउनेछन् ।’ महिलामाथि भएका हिंसाका घटनामा ९६ प्रतिशत अपराधीलाई कानुनको कठघरामा ल्याउन सफल भएको उनको तथ्य गृहमन्त्रीले संसदमा पेस गरे । उनको भनाइ सरकार महिला हिंसाका सवालमा संवेदनशील छ भन्नेतर्फ लक्षित थियो ।

प्रकाशित समय १४:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु