गृहपृष्ठ जनअपेक्षा अनुसार सरकारले काम गर्न सकेन : भट्टराई

जनअपेक्षा अनुसार सरकारले काम गर्न सकेन : भट्टराई

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन् । संसदीय पत्रकार मञ्च, गण्डकी प्रदेशले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक भट्टराईले क्षमता अपुगताका कारण सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको बताए ।

अहिलेको सरकार प्रमुखको क्षमता अपुगता भएको र नयाँ कुरा सिक्नेमा इच्छा नदेखाएको उनको भनाइ छ । ‘सरकारले बलात्कार, हत्या, हिंसा र भ्रष्टाचार नियन्त्रण गर्न सकेको छैन’ उनले भने । निर्मला हत्याका दोषी पक्राउ नपर्नु र वाइडबडी खरिदमा भएको भ्रष्टाचार छानबिन नगर्नुले सरकारको नियत प्रष्ट भएको उनले बताए ।

उनले भने, ‘आर्थिक विकास र समृद्धि हासिल गर्न पहिलाको ढंगले हिडेर पहिलाको काम गर्ने शैलीलाई निरन्तरता दिएर पुग्दैन नयाँ ढंगले सोच्नु पर्छ’ उनले भने ।

निजी क्षेत्रसँगको समन्वयमा लागानी मैत्री वातावरण बनाउन सरकार चुकेको उनको भनाइ छ । ‘असल राजनीति र समावेसी विकासमा लागि जनसंवाद यात्रा २०७५ मध्य पहाडी÷पुष्पलाल लोकमार्ग अभियानमा आफूहरु लागेको उनले प्रष्ट पारे ।

प्रकाशित समय १२:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु