गृहपृष्ठ कांग्रेस सांसदद्वारा सुनुवाई समितिको बैठक आज पनि बहिस्कार

कांग्रेस सांसदद्वारा सुनुवाई समितिको बैठक आज पनि बहिस्कार

फाइल तस्बिर

नेपाली कांग्रेसले आज पनि संसदीय सुनुवाई समितिको बैठक बहिस्कार गरेको छ ।

संवैधानिक परिषद्ले प्रक्रिया पूरा नगरी विभिन्न पाँच आयोगका अध्यक्ष सिफारिस गरेको भन्दै कांग्रेस सांसदले बैठक बहिस्कार गरेका हुन् । कांग्रेसले संवैधानिक आयोगमा सिफारिस पदाधिकारीको सुनुवाइको विषयमा छलफलका लागि तय भएका बैठक असअघि पनि बहिस्कार गरेको थियो । सुनुवाई समितिमा कांग्रेसका चार सांसद छन् ।

कांग्रेस सांसदले बहिस्कार गरे पनि आज बसेको सुनुवाइ समितिको बैठकले प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा सिफारिस बालानन्द पौडेल र राष्ट्रिय समावेशी आयोगका अध्यक्षमा सिफारिस शान्तराज सुवेदीको सुनुवाई मंगलबार दिउँसो १२ बजे गर्ने निर्णय गरेको छ ।

समितिका सभापति लक्ष्मणलाल कर्णले भने कांग्रेस सांसदले आफूलाई जानकारी नदिइ अनुपस्थित भएको प्रतिक्रिया दिएका छन् । कांग्रेसले फागुन ७ गतेको बैठक बहिस्कार गरे बहुमतबाट निर्णयमा पुग्ने समितिको रणनीति छ ।

प्रकाशित समय १३:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु