गृहपृष्ठ ताप्लेजुङ दुर्घटना : नेपाली कांग्रेसद्वारा दुःख व्यक्त

ताप्लेजुङ दुर्घटना : नेपाली कांग्रेसद्वारा दुःख व्यक्त

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक विज्ञप्ती जारी गर्दै बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएकामा गहिरो दुःख व्यक्त गरेका छन् ।

विज्ञप्ती जारी गर्दै देउवाले रवीन्द्र अधिकारी नेपाली राजनीतिका उदयमान युवा नेताका अलाव व्यक्तिगत रुपमा भद्र रहेको बताएका छन् ।

‘रवीन्द्र अधिकारी नेपाली राजनीतिका उदयमान युवा नेताका अलावा व्यक्तिगत रुपमा भद्र र सुयोग्य हुनुहुन्थ्यो,’ देउवाले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘उहाँको आकस्मिक घटनामा निधन भएकोमा नेपाल सरकार, नेपाल कम्युनिस्ट पार्टी र उहाँको व्यक्तिगत परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’

कांग्रेस सभापति देउवाले हेलिकोप्टर दुर्घटनाको कारण पत्ता लगाउन सरकारले तत्कालै अनुसन्धान प्रकृया अघि बढाउने विश्वास लिएका छन् ।

प्रकाशित समय १८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु