गृहपृष्ठ दाङको बाहुनडाँडा मतदान केन्द्रमा सबै महिला कर्मचारी
दाङको बाहुनडाँडा मतदान केन्द्रमा सबै महिला कर्मचारी
दाङ दङ्गीशरण गाउँपालिकाको श्रीगाउँ मतदान केन्द्रमा शनिबार मतदान गर्न लामबद्ध मतदाता
जिल्ला निर्वाचन कार्यालय दाङले जिल्लाको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाएको छ । स्थानीय निर्वाचनअन्तर्गत घोराहीको बाहुनडाँडा केन्द्रमा महिला कर्मचारीमात्र खटाइएको हो ।
यस केन्द्रमा मुख्य निर्वाचनको कार्यालयले खटाएका ७२ महिला कर्मचारीले अहिले शान्तिपूर्ण तरिकाले मतदानको व्यवस्था गरिरहेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । निर्वाचनलाई नमुना बनाउन र महिलालाई विश्वास गरेर एउटा निर्वाचनमा महिला कर्मचारी मात्र खटाइएको उनले बताए ।
उपनिर्वाचन २०७६ अन्तर्गत दाङमा दुई स्थानमा हुने उपनिर्वाचनका लागि ३४ स्थानमा मतदानको काम भइरहेको छ । मुख्य निर्वाचन अधिकृतका अनुसार अहिले क्षेत्र नं ३ (ख) को प्रदेशसभा सदस्य पदका लागि र घोराही-१६ को वडाध्यक्ष पदका लागि ३४ मतदान स्थलबाट मतदान भइरहेको छ । निर्वाचनमा ३३८ पुरुष र ७२ महिला गरी ४१० कर्मचारी खटिएका छन् भने थप ३२६ जना स्वयंसेवक परिचालित छन् । (रासस)
प्रकाशित समय १४:५४ बजे
















