गृहपृष्ठ नेपाली कांग्रेस २४ सय मतले अगाडि
नेपाली कांग्रेस २४ सय मतले अगाडि
काठमाडौं । प्रदेशसभा सदस्यअन्तर्गत भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
चाँगुनारायण नगरपालिकाका १, २, ३, ४, ५, ६ र ७ नम्बर वडाको मतगणना सकिँदा कांग्रेस उम्मेदवार कृष्णलाल भडेल २ हजार ४ सय ३६ मतअन्तरले अगाडि छन् ।
कूल मतदाता ४५ हजार १५ मध्ये ३२ हजार ३७ मत खसेको थियो जसमा अहिलेसम्मको मतगणना अनुसार कांग्रेसका भडेलले १० हजार ३ सय ९५ र नेकपाका उम्मेदवार डीपी ढकालले ७ हजार ९ सय ५९, नेमकिपाका उम्मेदवार निरज लवजुले २ हजार २ सय ४७ मत ल्याएका छन् ।
प्रकाशित समय १०:१० बजे

















