गृहपृष्ठ मोरङमा उपनिर्वाचन : धनपालथान-२ मा कांग्रेस विजयी, धरानमा कडा प्रतिष्पर्धा
मोरङमा उपनिर्वाचन : धनपालथान-२ मा कांग्रेस विजयी, धरानमा कडा प्रतिष्पर्धा
मोरङको धनपालथान–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार नारायणप्रसाद साह विजयी भएका छन् । उनले १७०१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपाका पंकजकुमार मण्डलले १४९७ मत प्राप्त गरे ।
त्यस्तै पाँचथरको हिलिहाङ गाउँपालिका ७ को वडाध्यक्षमा पनि नेपाली कांग्रेसका तिलबिक्रम इधिङ्गो ८४२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गहनाथ रिजालले ८१२ प्राप्त गरेका छन् । पाँचथरकै फिदिम १ र फाल्गुनन्द गाउँपालिकाको मतपरिणाम सार्वजनिक भएको छैन ।
मेयर पदका लागि भएको धरानको उपनिर्वाचनमा नेकपा र नेपाली कांग्रेसबीच कडा प्रतिष्पर्धा भइ रहेको छ । हालसम्मको मत परिणाम अनुसार नेकपाका उम्मेदवार प्रकाश राईले २३०९ र नेपाली कांग्रेसका तिलक राईले २२९२ प्राप्त गरेका छन् ।
भोजपुरको पौवादुङवा गाउँपालिका १ मतगणा सम्पन्न भएको छैन । खाँदबारी–३ को वडाध्यक्षमा नेकपाका भरत कुमार घिमिरे ७९६ मत पाप्त गर्दै विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विक्रम गुरुङले ४६७ मत प्राप्त गरेका छन् ।
खोटाङको साकेला गाउँपालिकामा नेकपाकी शिवकला राई ३९१ मत प्राप्त गर्दै विजयी भएकी छन् उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका शुक्रबहादुर तामाङले ३७४ मत प्राप्त गरेका छन् ।
प्रकाशित समय १०:१९ बजे
















