गृहपृष्ठ लुम्बिनी अञ्चल अस्पतालः टोकन मेसिन एकातिर, लाईन अर्कोतिर
लुम्बिनी अञ्चल अस्पतालः टोकन मेसिन एकातिर, लाईन अर्कोतिर

बुटवल । प्रविधिको विकास संगै लुम्बिनी अञ्चल अस्पताल बुटवलले विरामीहरुको सुविधानको लागि टोकन सिस्टम लागू ग¥यो । यो सिस्टम लागू भएको डेढ वर्षमै मेसिन विग्रने र टोकनको कागज नहुने समस्याका कारण विरामीहरु घण्टौं लाइन बस्न बाध्य छन् ।
लुम्बिनी अञ्चल अस्पताल बुटवलमा सुरु गरिएको यो टोकन प्रणाली भएरपनि विरामी सुविधान नपाएपछि विरामीहरु आक्रोशित हुने गरेका छन् । कहिले कागज सकिने त कहिले सिस्टम विग्रीएको कारण सेवा ग्राहीहरुले पटक पटक सास्ती व्यहोर्नुपरिरहेको छ । विरामीहरुको चाँप बढ्दै गएपछि लुम्बिनी अञ्चल अस्पताल बुटलवले २०७३ पुस २६ बाट बहिरङ्ग सेवाका विरामीहरुलाई लामो लाईनमा बस्ने समस्यालाई निराकरण गर्ने भन्दै सुरु गरिएको यो सेवा विगत करिव एक महिनादेखि बन्द भएको थियो ।
मेसिन विग्रीएका कारण सेवाग्राहीहरु पहिलाको जस्तै ओपीडी (बहिरङ्ग सेवा)को टिकट लिन घण्टौ लाईन बस्न बाध्य छन् । करिव ४ लाख रुपैयाँको उक्त डिस्प्ले सहितको टोकन प्राणाली जडित मेसिनमा हाल सप्लायर्सले कागज उपलब्ध नगराएको कारण बन्द भएको अञ्चल अस्पतालले जनाएको छ ।
सर्वसाधारणलाई सहज र छरितो सेवा दिन लुम्बिनी अञ्चल अस्पतालले टोकन प्रणाली सुरु गरेको थियो । बहिरङ सेवा (ओपिडी) को टिकट लिनका लागि अब लाइनमा बस्नुपर्ने वाध्यता सधैका लागि अन्त्य भएको भन्दै सुरु गरिएको यो सेवा पटक पटक बन्द हुदै सञ्चालनमा आउदै गरेको छ । अस्पतालमा बिहान ८ बजेदेखि टोकन वितरण हुदै आएको थियो । डिस्प्ले मा आवाज सहितको बोर्डमा विरामीले आफ्नो टोकन नम्बर उद्घोष भएपछि काउन्टरमा शुल्क बुझाउँदै आएका थिए ।
लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्ण प्रसाद खनालका अनुसार साप्लायर्सले काठमाडौंबाट कागज नपठाएको कारण केही दिन सिस्टम बन्द भएको जानकारी दिए । उनले धेरै दिन सम्म बन्द नहुने भन्दै काठमाडांै बाट ल्याउनुपर्दा केही समय लागेको जानकारी दिए । मेडिकल सुपरिटेण्डेन्ट डा. खनालले भने, ‘केही समय समस्या भएको हो, अहिले खास समस्या छैन, केही दिनमा नै सुधार हुन्छ ।’
अस्पतालमा मेडिकल रेकर्डर शाखा अधिकृत तथा सूचना अधिकारी लक्ष्मीराज रेग्मीले आफु काठमाडौमा रहेको कारण केही दिन देखि अपडेट हुन नपाएकोले यस विषयमा जानकारी नभएको बताए । उनले कागजको समस्याको कारण बन्द भएको जानकारी दिदै यसमा सुधार हुने जानकारी दिए ।
अस्पतालान प्रत्येक आइतबार र बुधबार अर्थाेपेडिक, सोमवार र बिहीबार सर्जिकल, मंगलबार स्त्री तथा प्रसूति र शुक्रबार नाक, कान, घाँटी विभागको नियमित शल्यक्रिया हुने भएकाले ती दिन सम्बन्धित सेवाको बहिरङ्ग विभाग बन्द गर्दै आएको छ ।
यस क्षेत्रकै पुरानो अस्पतालमा दैनिक रुपमा ५ सय जनाको हाराहारिमा बिरामीहरु आउने गर्दछन् । अस्पतालमा बालवालिका, महिला तथा बुद्व–बृद्वा लगायतलाई सहयोग यो टोकन प्रणालिले सहयोग पुग्ने अपेक्षा छ । अस्पतालले बिना चिरफार अप्रेसन सेवा (दुरबिन अपरेसन)सुरु गरेको छ । यसबाट पित्त थैलिको, एपेन्डीसको प्वाल पारेर अपरेसन गर्न सकिने सुविधा छ ।
प्रकाशित समय १०:५८ बजे

















