गृहपृष्ठ चीनमा रहेका नेपालीलाई स्वदेश फर्काइँदै
चीनमा रहेका नेपालीलाई स्वदेश फर्काइँदै
चीनमा कोरोना भाइरसले महामारीको रुप लिएपछि नेपालले त्यहाँ रहेका नेपालीलाई उद्धार गरी स्वदेश फर्काउनले तयारी गरिरहेको छ ।
चीनको हुवेई प्रान्तमा रहेका नेपालीलाई नेपाल फर्काउने तयारी भएको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ ।
दूतावासले एक सूचना जारी गर्दै हुबेईमा रहेका नेपालीलाई स्वदेश फर्काउन लागिएको जानकारी दिएको हो । हुबेईको वुहानमा कोरोना भाइरस पहिलो पटक देखिएको थियो ।
बेइजिङस्थित नेपाली दूतावासले स्वदेश फर्कन चाहने नेपालीले दूतावासको वेबसाइटमा राखिएको एक निवेदन फर्म भर्नुपर्ने छ । फर्म आइतबार बिहानसम्म दूतावासमा आइपुग्नुपर्नेसमेत दूतावासले जनाएको छ ।

प्रकाशित समय ०८:२३ बजे

















