गृहपृष्ठ एनआरएनएको तेस्रो अफ्रिका क्षेत्रीय भेला युगान्डाको कम्पालामा

एनआरएनएको तेस्रो अफ्रिका क्षेत्रीय भेला युगान्डाको कम्पालामा

nara-newskarobar

गैरआवासीय नेपाली संघको तेस्रो अफ्रिका क्षेत्रीय बैठक डिसेम्बर २९ र ३० तारिकका दिन पूर्वी अफ्रिकी मुलुक युगान्डाको राजधानी कम्पालामा हुने भएको छ । बैठकमा अफ्रिकाका १७ मुलुकमा रहेका राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि, अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी तथा सदस्य एवं अन्य महादेशमा रहेका राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधिको सहभागिता रहनेछ ।

क्षेत्रीय बैठकको मूल विषय ‘विकासका अनुभवहरु एक आपसमा साट्दै’ भन्ने रहेको छ । यसै विषयमा केन्द्रित भएर विभिन्न सत्र सञ्चालन हुने गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् युगाण्डाले जनाएको छ । जस अनुरुप अफ्रिकी विज्ञ र अफ्रिकामा कार्यरत नेपाली विज्ञहरुद्वारा अफ्रिका क्षेत्रको विकासको अनुभवको आदानप्रदान हुनेछ ।

भेलामा नेपाली श्रमिकले अफ्रिकाका विभिन्न मुलुकमा भोग्नुपरिरहेका समस्या, मानव तस्करी, अफ्रिकी पर्यटन उद्योगका अनुभव र नेपालमा अफ्रिकी लगानीकर्ताको लगानी अनुभवबारे कार्यपत्र प्रस्तुत हुने गैरआवासीय नेपाली संघ अफ्रिकाका क्षेत्रीय संयोजक सुनिल कार्कीले जानकारी दिए । बैठकमा इजिप्ट र दक्षिण अफ्रिकाका राजदूतहरुको पनि उपस्थिति रहनेछ । बैठकका अफ्रिकी र नेपाली कलाकारको सांस्कृतिक प्रस्तुतिका साथै नेपाली भाषा साहित्यमाथि गोष्ठीसमेत आयोजना गरिनेछ ।

प्रकाशित समय २०:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु