गृहपृष्ठ स्वरोजगार कोषबाट लिएको ऋण नतिर्नेलाई सरकारी सेवाबाट बञ्चित गरिने
स्वरोजगार कोषबाट लिएको ऋण नतिर्नेलाई सरकारी सेवाबाट बञ्चित गरिने
युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक बिष्णु प्रसाद गौतमले कोषले उपलब्ध गराएको ऋण नतिर्ने बैंक तथा वित्तिय संस्थाहरुलाई सरकारी सेवाबाट बञ्चित गराउने तयारी भइरहेको जानकारी दिएका छन् । कोषले शुक्रबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो ।
स्थापना कालदेखि आ. व. २०७५ असोज सम्म कुल लगानी सात अरब त्रिरहत्तर करोड चार लाख पच्चिस हजार गरेको कोषले बताएको छ । भाका नागेर पनि असुल हुन बाँकी रकम सत्ताइस करोड पाँच लाख पाँच सय उनान्नअसी रुपैयाँ रहेको कोषले जानकारी दिएको छ ।
‘हामीले पहिले केन्द्र स्तरमा मात्र सम्पत्ती र खाता रोक्काको काम गरेका थियौं, तर स्थानीय सरकारबाट लिने सेवामा फरक नपर्ने भएपछि अब स्थानीय सरकारबाट पनि सबै किसीमको सेवामा रोक्का गराउने तयाारी गरेको छौं,’ गौतमले भने, ‘१५ सय व्यक्तिको नाममा सम्पत्ती रोक्का र सेवा सुविधा नदिन पत्र पठाएका छौं ।’
कोष संचालन नियमावली २०६५ अनुसार व्यवसायिक खेती तथा पशु पंक्षीपालन, कृषी, वनजन्य तथा खानी उद्योग, बहुमुल्य पत्थर उद्योग, द्वन्द्व पीडित, अपाङ्ग घाइते, परम्परातग सिप भएकालाई लगानी, स्वरोजगार कार्यक्रम संचालन, एक गाँउ एक कार्यक्रम लगायतका कार्यक्रम संचालन गर्दै आएको छ ।
तोकिएको क्षेत्रभन्दा बाहिर लगानी गर्ने र समयमा नै कर्जा चुक्ता नगर्नेलाई कानुन संवत ढङगले कार्बाही गरिने गौतमले बताए ।
प्रकाशित समय १९:१२ बजे

















