गृहपृष्ठ पोखरामा भाइटीकाकोे दिन सवारी दुर्घटनामा एक युवाको मृत्यु

पोखरामा भाइटीकाकोे दिन सवारी दुर्घटनामा एक युवाको मृत्यु

accident_newskarobar

सवारी दुर्घटनामा परी भाइटीकाको दिन मंगलबार पोखरामा एक युवाको मृत्यु भएको छ । पोखरा– २६ तालचोकमा जीपले ठक्कर दिँदा स्कुटरमा सवार लम्जुङ बेसीशहर घर भएका २९ वर्षीय नन्दप्रसाद गुरुङको उपचारको क्रममा मंगलबार बेलुकी मृत्यु भएको हो ।

ग. १ य ८७५ नम्बरको जीपले मंगलबार बेलुका साढे ६ बजे एकसाथ दुईवटा स्कुटरलाई ठक्कर दिएको थियो । यसमध्ये ग. १२ प ८८०० नम्बरको मोटरसाइकलका चालक गुरुङको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मंगलबार साढे ९ बजे मुत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजकुमार केसीले जानकारी दिए । डीएसपी केसीका अनुसार ठक्करबाट घाइते अर्का स्कुटर चालक पोखरा– ८ का ४६ वर्षीय अजित गुरुङको पोखराको मेट्रो सिटी हस्पिटलमा उपचार भइरहेको छ ।

प्रहरीले जीप चालक पोखरा– ३१ का ३५ वर्षीय कैलाश थापालाई नियन्त्रणमा लिइसकेको छ । उनको पनि मेट्रो सिटीमै उपचार भइरहेको छ ।

प्रकाशित समय ११:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु