गृहपृष्ठ हतियारसहित पक्राउ

हतियारसहित पक्राउ

hatkadi_newskarobar सांकेतिक फाेटाे

संखुवासभास्थित खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङमा पेस्तोल र त्यसको गोलीसहित प्रहरीले एक जनालार्इ नियन्त्रणमा लिएको छ । सिलिचोङ गाउँपालिका–५ का केदार राईलार्ई प्रहरीले हतियारसहित पक्राउ गरेको हो ।
गए राति प्रहरीको गस्ती टोलीले जाँचका क्रममा ३५ वर्षीय राईको झोलाबाट एक थान अटोमेटिक पेस्तोल, दुई म्याग्जिन र त्यसको १४ राउण्ड गोली फेला पारेको प्रहरी नायब उपरीक्षक श्याम सारु मगरले बताए ।

सिलिचोङ–५ याफु घर भएका राई को ३१ प ९५४४ नं को मोटरसाइकलमा खाँदबारीतर्फ आउँदै गर्दा खाँदबारी–३ स्थित मानेभञ्ज्याङबाट पक्राउ परेका हुन् । उनलाई हातहतियार तथा खरखजनाअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(रासस)

प्रकाशित समय १९:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु