गृहपृष्ठ ‘मनमोहन स्मृति विश्वविद्यालय’ प्रदेश सरकारलाई हस्तान्तरण

‘मनमोहन स्मृति विश्वविद्यालय’ प्रदेश सरकारलाई हस्तान्तरण

मोरङको बुडीगंगा गाउँपालिका–४ स्थित मनमोहन स्मृत पोलिटेक्निक इन्स्टिच्युटले आफ्नो स्वामित्वमा रहेको सम्पति तथा दायित्व प्रदेश सरकारलाई हस्तान्तरण गर्ने भएको छ ।

पोलिटेक्निक विश्वविद्यालय भएसँगै प्रदेश सरकारलाई सम्पत्ति तथा दायित्व हस्तान्तण गर्न लागिएको हो । मनमोहन प्राविधिक विश्व विद्यायल ऐन २०७६ को दफा ५२ बमोजिम मनमोहन स्मृति पोलिटेक्निकले विश्व विद्यालयलाई सम्पत्ति र दायित्व हस्तान्तरण गर्ने व्यवस्था भए अनुसार हस्तान्तरण गर्न लागिएको मनमोहन स्मृति प्रतिष्ठानका सदस्य तथा सूचना प्रमुख सत्यनारायण चौधरीले जानकारी दिए ।

उनले प्रदेश सभाबाट पारित भएको मनमोहन प्राविधिक विश्व विद्यालय सम्बन्धि व्यवस्था गर्न बनेको ऐनले पोलिटेक्निकले विश्वविद्यालयलाई सम्पति तथा स्वामित्व हस्तान्तरण गर्ने कानुनी व्यवस्थालाई कार्यान्वायन गर्न लागिएको बताए ।

आगामी मंसिर २० गते शुक्रबार मनमोहन स्मृति पोलिटेक्निक इन्स्टिच्युटको सभाहलमा साढे १ बजे मुख्यमन्त्री शेरधन राईको अध्यक्षता र संघीय सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा हुने कार्यक्रमकाबीच सम्पति तथा दायित्व हस्तान्तरण हुन लागेको चौधरीले बताए ।

मनमोहन पोलिटेक्निक विश्वविद्यालय भएसँगै अब प्राविधिक संकायका सबै पा्रविधिक विषयहरुको अध्यापन हुनेछ । यय अघि पोलिटेक्निक सिटिईभिटीको सम्बन्धनबाट सञ्चालित थियो । सञ्चालित शैक्षिक कार्यक्रमहरुमध्ये विश्वविद्यालय भएपछि अधिकांश प्राविधिक विषयहरु सुरु हुने पोलिटेक्निकका प्राचार्य डा. सुभाषश्री पोखरेलले जानकारी दिए ।

प्रकाशित समय १०:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु