गृहपृष्ठ धनकुटामा मोटरसाइकल दुर्घटनामा हुँदा एक युवककाे ज्यान गयाे

धनकुटामा मोटरसाइकल दुर्घटनामा हुँदा एक युवककाे ज्यान गयाे

accident_newskarobar

धनकुटाको चौबिसे गाउँपालिका–२ मा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

बतासे–शुक्रबारे स्थित भित्री सडक खण्डको खोल्सीमा शुक्रबार विहान को २८ ब ८०५२ नं को मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ३० वर्षीय टेकबहादुर लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ढुंगाले ठोक्किएर मृत्यु भएको अवस्थामा पैदलयात्रीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रकाशित समय १६:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु