गृहपृष्ठ रविन्द्र मिश्रकी श्रीमतीलाई डीएसपीले वाकीटाकीले हाने

रविन्द्र मिश्रकी श्रीमतीलाई डीएसपीले वाकीटाकीले हाने

झापाका डीएसपी टंक भट्टराईले एक महिलालाई वाकीटाकीले प्रहार गरेका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी भट्टराईको कुटपिटबाट झापा मेचीनगर–६ की लक्ष्मी आचार्य घाइते भएकी छन् । घरमा आएर लछारपछार गर्दै टाउकोमा वाकीटक्कीले हिर्काएको भन्दै घाइते लक्ष्मीले बिना कारण पिटाइ खाएको बताएकी छन् ।

उनको विर्तामोडस्थित एक अस्पतालमा उपचार भइरहेको छ । छिमेकमा भएको झगडा मिलाउन लक्ष्मीका पति रविन्द्र मिश्रले प्रहरी बोलाएका थिए । तर, सानातिना घटनामा प्रहरी बोलाउने तेरो श्रीमान खोई भन्दै लक्ष्मीमाथि आक्रमण गरिएको मिश्रले बताए ।

बिहीवार राति स्थानीय कमला ठाकुर र लाइमा वेगमबीच सामान्य विवादले गम्भीर रुप लिन देखिएपछि मिश्रले प्रहरी बोलाएका बताएका छन् । लाइमालाई कमलाका छोरा राहुललगायतले आक्रमण गरी घाइते बनाएका थिए । सोही घटना मिलाउन मिश्रले प्रहरी सहयोग मागेका थिए । डीएसपी भट्टराईले गल्ती स्वीकारेको लक्ष्मीका पति रविन्द्रले बताए । ‘प्रहरीबाट ज्यादती भएकै थियो’, रविन्द्रले भने,’ ‘दबाबमा मिल्नुपर्याे ।’

प्रकाशित समय ०८:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु