गृहपृष्ठ सार्वजनिक विदामा कार्यालय खुलाएकोमा प्रदेश सरकारको आपत्ति

सार्वजनिक विदामा कार्यालय खुलाएकोमा प्रदेश सरकारको आपत्ति

hikmat-karki-newskarobar प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की

 

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले स्थानीय प्रशासनले प्रदेश सरकारको आदेश मान्नु नपर्ने बुझाइ गलत भएको बताएका छन् ।

प्रदेश सरकारले विश्व आदिवासी दिवसका अवसरमा बिहीबार सार्वजनिक विदा दिए पनि कार्यान्वयन नभएपछि कार्कीको यस्तो भनाइ बाहिर आएको हो । बिहीबार जिल्ला प्रशासन कार्यालय र अन्य केही सरकारी कार्यालयहरु खुलेका थिए ।

प्रदेश सरकारका प्रवक्ता समेत रहेका कार्कीले स्थानीय प्रशासनका कर्मचारीको बुझाइमा समस्या देखिएको बताए । संघीय सरकारको मातहतमा रहेका कार्यालयहरु भए पनि प्रदेशभित्रका कार्यालयले प्रदेश सरकारको निर्णय मान्दिन भन्नु गलत भएको उनको भनाइ छ ।

प्रदेश सरकारले विदाको घोषणा गर्दा पनि कार्यालय किन संचालन गरियो भन्ने विषयमा प्रमुख जिल्ला अधिकारीलाई सोधपुछ गर्ने उनले बताए ।

प्रकाशित समय १६:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु