गृहपृष्ठ वार्षिक करोडौं खर्च तर यात्रा असहज (फोटो फिचर)
वार्षिक करोडौं खर्च तर यात्रा असहज (फोटो फिचर)
२६ किमि सडकमा ६ सय स्थानमा खाल्डाखुल्डी
तेह्रथुमको वसन्तपुर–म्याङलुङ २६ किलोमिटर सडक वर्षातमा हिलाम्मे हुँदा जिल्लाबासीले सास्ती व्यहोर्नु परेको छ । ६ पटकभन्दा बढी कालोपत्रे भइसकेको सो सडकमा कालोपत्रे, ग्राभेल र भत्किएको स्थानमा टालटुलको नाममा वर्षेनी करोडौं रुपैंया खर्च हुने गरेको भए पनि सवारीसाधन चल्न सकिरहेका छैनन् ।

सडक निर्माण, मर्मत, कालोपत्रे लगायतका काममा खर्च हुने बजेटमा व्यापक अनियमितता हुने गरेको तेह्रथुमबासीको आरोप छ । तर सम्बन्धित निकाय मौन छ । यति छोटो दुरीको सडकमा गरिएको ठूलो लगानी बालुवामा पानीसरह भएको वसन्तपुर बजारका स्थानीय उदय पौडेलले बताए ।

सडक कालोपत्रे, मर्मत, स्तरोन्नती, ग्राभेल, टालटुल, मोड सुधार लगायतका काम देखाएर वर्षेनी करोडौं रुपैयाँ बजेट खर्च भइरहँदा पनि स्थानीय प्रशासन र दलका अगुवाहरु मौन रहने गरेका छन् । २६ किलोमिटर यो सडकमा ६ सयभन्दा बढी स्थानमा खाल्डाखुल्डी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तेह्रथुमका प्रमुख योगेन्द्र दाहालले बताए ।





(तस्बिर : न्युज काराेबार)
प्रकाशित समय १५:३६ बजे
















