गृहपृष्ठ पूर्वी नेपालमा गाइजात्राको रौनक (फोटो फिचर)

पूर्वी नेपालमा गाइजात्राको रौनक (फोटो फिचर)

फाइल तस्बिर

 

वर्षभरि दिवंगत भएका आफन्तहरुको मोक्षको कामनासहित नेवार समुदायले मनाउने गाइजात्रा पर्व सुरु भएको छ । यस अवसरमा विराटनगरस्थित झीः पुचबाट झाँकीसहितको गाइजात्रा र्याली निकालिएको छ ।

झीः पुचबाट निकालिएको गाइजात्रामा यसपटक २१ परिवारसहभागी भएका छन । बगलामुखी मन्दिर परिसरबाट निकालिएको गाइजात्रा र्याली ट्राफिकचोकबाट मेनरोडको विभिन्न भागको परिक्रमा गर्दै तिनपैनीस्थित श्रीराधाकृष्ण मन्दिर परिसरमा पुगेर समापन भएको थियो ।

गाईजात्रामा वर्षभरि दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रुपमा सिंगारी नगर परिक्रमा गराउने प्रचलन रहेको छ । दिवंगत आत्मालाई वैतरणी तर्न सजिलो होस् भनेर विशेषगरी नेवार समुदायले यो पर्व मनाउँछन् ।
भाद्र कृष्णअष्टमीका दिनसम्म मनाइने गाईजात्राका क्रममा प्रहसन र सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणका श्लोक पनि गाउने प्रचलन छ ।

 

 

 

 

 

 

तस्बिर : किशोरसंगम दियाली

प्रकाशित समय १५:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु