गृहपृष्ठ ‘संघीयता र लोकतन्त्र संस्थागत गर्न पत्रकारको भूमिका महत्वपूर्ण’

‘संघीयता र लोकतन्त्र संस्थागत गर्न पत्रकारको भूमिका महत्वपूर्ण’

प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले संघीयता र लोकतन्त्र संस्थागत गर्न पत्रकारको भूमिका महत्वपूर्ण हुने बताएका छन् । फ्रिडम फोरमले शनिबार जनकपुरमा आयाेजना गरेकाे ‘पत्रकार सुरक्षा र दण्डहीनतासम्बन्धी’ अन्तर्क्रियामा उनले साे कुरा बताएका हुन् ।

उनले विगतमा प्रदेश २ सरकारले ल्याएकाे सञ्चार विधेयकमा भएका कमजोरी सुधारका लागि सदनमा रोकेर सहमतिको खोजी भइरहेकाे पनि बताए । पत्रकारहरुलाई काम गर्दा निकै चुनौती देखिएकाले प्रदेश २ का पत्रकारहरुको सुरक्षाको लागि स्वास्थ्य बिमा कार्यक्रम ल्याउने याेजना रहेकाे मन्त्री यादवकाे भनाइ थियाे । ‘प्रदेश २ सञ्चार जगतकाे जननी हाे । हामी सञ्चारमैत्री हुनेछाैँ,’ उनले भने ।

उनले अहिले पनि अपराधीहरु राजनीतिक संरक्षणमा रहेको बताए । मन्त्री यादवले एक वर्षभित्र महत्त्वपूर्ण ऐन र कानूनहरू संघीय सरकारले बनाउनु पर्नेमा ढिलो भएकाेप्रति प्रदेश २  सरकार गम्भीर रहेकाे बताए ।

फ्रिडम फोरमका अध्यक्ष हरिबिनोद अधिकारीले प्रदेश ३ पछि प्रदेश २ मा बढी सुरक्षा चूनौती रहेको बताए । सत्यको खोजी गर्ने पत्रकारहरु ७ प्रदेशमध्ये २ नम्बर प्रदेशका पत्रकारहरु असुरक्षित रहेको उनले उल्लेख गरे । कार्यक्रममा जनकपुरमा कार्यरत सञ्चारकर्मीहरूकाे सहभागिता थियो ।

प्रकाशित समय १५:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु