गृहपृष्ठ जातीय छुवाछुतविरुद्ध कडा कानुन बनाउँछौं : कानुनमन्त्री यादव

जातीय छुवाछुतविरुद्ध कडा कानुन बनाउँछौं : कानुनमन्त्री यादव

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जातीय छुवाछुत न्युनीकरणका लागि प्रदेश सरकारले कडा कानुन बनाउने तयारीमा रहेको बताएका छन् ।

कानुनमन्त्री यादवले मधेशी दलित विकास महासंघ राजविराजले जनकपुरधाममा मंसिर १९ गते आयोजना गरेको दलितमैत्री कानुन निर्माणका लागि जन वकालत कार्यक्रममा बोल्दै मन्त्री यादवले समतामुलक समाज र प्रदेशका लागि दलितमैत्री कानुन निर्माण गर्न प्रदेश सरकार स्पष्ट दृष्टिकोणका साथ अगाडि बढाइने बताए ।

मन्त्री यादवले समाजमा अहिले पनि जातीय, लैंगिक, सामाजिक एवं आर्थिक विभेद रहेको स्वीकार गर्दै प्रदेश सरकार आवश्यक्ता अनुसार कानुन निर्माण गरेर भएको विभेदको अन्त्यका साथै कमी ल्याउने प्रयास गरिने बताए ।

उनले दलितहरुको समस्याहरुको दीर्घकालीन समाधानका लागि कामकाज गर्ने बेला आएको बताए । उनले छुवाछुत तथा भेदभावको अन्त्य गर्नका लागि सबैको साथ तथा सहयोगको आवश्यक रहेको बताए ।

मधेशी दलित विकास महासंघका अध्यक्ष विश्वेश्वर रजकको अध्यक्षतामा भएको दुई दिने अन्तरक्रिया कार्यक्रममा दलित अगुवा भोला पासवान, प्रदेशसभा सदस्यहरु अनिता यादव, मञ्जु यादव, सरस्वती चौधरीलगायत प्रदेश सभाका सदस्यहरु उपस्थित रहेका थिए ।

प्रकाशित समय ०८:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु