गृहपृष्ठ नेकपाका नेता श्याम यादव धनुषाबाट पक्राउ

नेकपाका नेता श्याम यादव धनुषाबाट पक्राउ

shyam-yadav-newskarobar मंगलबार पक्राउ परेका नेता यादव । तस्बिर न्युज काराेबार

तत्कालिन नेकपा (माओवादी केन्द्र)का पोलिटब्युराे सदस्य समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता श्याम यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषामा काम विशेषले गएका यादवलाई मंलगबार प्रहरीले प्रक्राउ गरेको हो । नेता यादवलाई हातहतियार तथा खरखजना मुददामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक गोविन्द थपलियाले जानकारी दिएका छन् ।

यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा राखिएको छ । पक्राउ परेका उनलाई हातहतियार तथा खरखजाना मुद्दा लगाउने जिल्ला प्रहरी कार्यालयले तयारी गरेको छ ।

यता, नेता यादवले जनकपुरकै पिडारीचौकमा भएको दुर्घटनाबारे चासो देखाएकाले धनुषा प्रहरीले रिसिवी साध्नका लागि पक्राउ गरेको परिवारजनको आरोप रहेको छ ।

प्रकाशित समय १७:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु