गृहपृष्ठ प्रदेश २ मा जालझेल भए नेकपाको सरकार बन्ने अध्यक्ष प्रचण्डको खुलासा
प्रदेश २ मा जालझेल भए नेकपाको सरकार बन्ने अध्यक्ष प्रचण्डको खुलासा
नेपाल कम्युनिस्ट पार्टिका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नम्बर २ मा जालझेल भए नेकपाकै नेतृत्वमा सरकार बन्न सक्ने खुलासा गरेका छन् । धनुषाको बरमझियामा सहिद रामबृक्ष यादवको २४ औं स्मृतिसभालाई सम्बोधन गर्दै शनिबार प्रचण्डले यस्तो खुलासा गरेका हुन् ।
प्रचण्डले राजपा तर्फ संकेत गर्दै हाल प्रदेश नम्बर २ मा सबैभन्दा ठूलो दल नेकपा भएर पनि सत्ता बाहिर रहेको भन्दै जालझेल भए संघिय सरकारमा समाबेश भएका दलको सहयोगमा प्रदेश २ मा नेकपाको सरकार बनाउन सकिने बताए ।
उनले भने, ‘तर, हामी सरकार गिराउने र बनाउने पक्षमा छैनौं ।’ जसको सरकार भए पनी राम्रोसँग जनताको कार्यसम्पादन हुन पर्ने प्रचण्डको भनाई थियो । नेकपा एकता भएदेखि सामन्तवादि सोचका पार्टीहरुलाइ छट्पटी भएको बताएका प्रचण्डले आफूहरुले त्यो बुझेको उल्लेख गरे । उनले पाँच वर्षमा तराईमधेसको विकास तीब्र गतिमा गरिने गरी सरकारले कामको थालनी गरेको बताए ।
पाँच वर्षभित्र प्रदेश २ मा रेल्वे सेवा, तराई मधेस जोड्ने निजगढ काठमाडौं फास्ट ट्रयाक निर्माण, अन्तर्राष्ट्रिय हवाइ अड्डासहित तराइकै लाइफ लाइन मानिने हुलाकी राजमार्गको निर्माण गरिने बताउँदै मधेसकै विकासको जगमा नेपालको विकास हुने बताए ।
प्रकाशित समय २०:०५ बजे