गृहपृष्ठ प्रदेशमा उपलब्धिमूलक काम भएको छ : मुख्यमन्त्री राउत
प्रदेशमा उपलब्धिमूलक काम भएको छ : मुख्यमन्त्री राउत
सरकारको काम कारबाहीप्रति विपक्षी भने असन्तुस्ट
प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले एक वर्षको अवधीमा प्रदेशमा ठूलो उपलब्धी प्राप्त भएको दावी गरेका छन् । प्रदेशसभा गठन भएको वर्षगाँठका अवसरमा सोमबार जनकपुरधाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यस्तो बताएका हुन् ।
सत्ताधारी दल, प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलको प्रजातान्त्रिक शैलीलाई प्रशंसा गर्दै उनले संघीयता लागु भएको अभ्यासको क्रममा एक वर्षको अवधिमा उपलब्धीमूलक कार्यहरु भएको दावि गरे । प्रतिपक्षी दलको भूमिकाको प्रशंसा गर्दै उनले संघीयताको अभ्यासमा सहयोग, समृद्धिको संस्कृति विकास गर्न समेत प्रतिपक्षी दलहरुलाई समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गरे ।
‘काम गर्ने शिलशिलामा एकले अर्कालाई सहयोग नगरे विकास र समृद्धि अघि बढ्न सक्दैन,’ मुख्यमन्त्री राउतले भने, ‘त्यसैले सत्ता र प्रतिपक्षले विकासको मिशनमा उदारभावा प्रस्तुत गर्नु पर्दछ ।’
सोही कार्यक्रममा नेकपाका सांसद सत्यनारायण मण्डलले भने एकलौटी रूपमा काम गरेको भन्दै प्रदेश सरकार र सभामुखप्रति कटाक्ष गरे । ‘प्रदेशसभाले मेरो पटक-पटक मान मर्दन गर्दै आएको छ,’ उनले भने, ‘सरकारले बिभिन्न आयोगहरु गठन गर्यो तर प्रतिपक्षीलाई एक पटक सोध्न पनि आवश्यक ठानेन, यो कस्तो संस्कार हो ?’
कार्यक्रममा प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले बच्चा जन्मेपछि ६ दिनमा नाम टुङ्गिन्छ तर यहाँ एक वर्ष भईसक्यो, नाम र राजधानी तोकिएको छैन । प्रदेश सरकारको काम कारवाही सन्तोषजनक नरहेको बताए । उनले भने प्रजातान्त्रिक शैलीमा प्रदेशको संसद सञ्चालन भएको दाबी गर्दै संघीय संसद जस्तो अमर्यादित नहोस् भन्ने कामना गरे ।
प्रकाशित समय २१:५८ बजे

















