गृहपृष्ठ माछापोखरीमा वृद्धाको शव फेला

माछापोखरीमा वृद्धाको शव फेला

death-newskarobar सांकेति तस्बिर ।

चितवनमा बुधबारदेखि हराएकी एक वृद्ध मृत फेला परेकी छन् । भरतपुर महानगरपालिका वडा नम्बर २१ की ८९ वर्षीय टुल्कीदेवी अधिकारी आज बिहान भरतपुर २० शङ्करचोक नजिकै रहेको माछापोखरीमा मृत भेटिएकी हुन् ।

उनी बुधबार बिहान ११ बजेदेखि घरबाट हराएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । स्थानीयले वृद्धको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । (रासस)

प्रकाशित समय १३:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु