गृहपृष्ठ सिन्धुपाल्चोक दुर्घटनामा ज्यान गुमाएका सबै १५ जनाको सनाखत
सिन्धुपाल्चोक दुर्घटनामा ज्यान गुमाएका सबै १५ जनाको सनाखत
आइतबार बिहान सिन्धुपाल्चोक दुर्घटनामा ज्यान गुमाएका सबैको सनाखत भएको छ ।
दुर्घटनामा दोलखा, भीमेश्वर नगरपालिका–९ की ४२ वर्षीया लक्ष्मी श्रेष्ठ, दोलखा, शैलुंगेश्वरी गाउँपालिका फस्कुका १० वर्षीय रञ्जित बस्नेत रामेछाप, उमाकुण्ड गाउँपालिका–४ प्रीतिका २४ वर्षीय महेश तामाङ तथा रामेछाप सुनापाटी–६ की ४२ वर्षीया जुना तामाङको मृत्यु भएको हो ।
यस्तै काभ्रे बेथानचोक–५ का ३५ वर्षीय रामशरण खत्री र उनकी श्रीमती ३५ वर्षीया मैयाँ, सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–४ की ५५ वर्षीया गंगामाया तामाङ, जुगल गाउँपालिका–७ यांलकोटकी सात वर्षीया सबिना तामाङ र सोही ठाउँकी ३० वर्षीया रेश्मा तामाङको पनि मृत्यु भएको छ ।
यसैगरी १५ महिनाकी रोशनी तामाङ, २८ वर्षीया मञ्जु तामाङ, २८ वर्षीय सुकबहादुर तामाङ, बलेफी गाउँपालिका–५ चिम्लिङकी ३७ वर्षीया फूलमाया तामाङ, भक्तपुर सूर्यविनायक–८ की ३२ वर्षीया चिनु बस्नेत तथा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १० की सुनिता तामाङको सनाखत भएको छ ।
घटनामा १६ जना घाइते भएका छन् । सुनकोशी गाउँपालिका– ७ लामोसाँघु जिरी सडक खण्डको छ किलोमा बा ४ ख ४४६८ को रिजर्भ बस सडकबाट तल खसेर दुर्घटनामा परेको थियो । भक्तपुरबाट शनिबार रिजर्भमा गएको सो बसमा चालकसहित ३२ यात्रु रहेकामा चालक भने फरार रहेको प्रहरीले बताएको छ ।
प्रकाशित समय ०८:२५ बजे
















