गृहपृष्ठ कुखुरासम्बन्धी वैज्ञानिकहरुको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा

कुखुरासम्बन्धी वैज्ञानिकहरुको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा

चितवनमा कुखुरासम्बन्धी खोज गर्ने वैज्ञानिकहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । आगामी कार्तिक ११ गतेदेखि १३ गतेसम्म सम्मेलन हुने सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

 

कुखुराको उचित व्यवस्थापन गरी मुलुकलाई समृद्ध बनाउन आवश्यक योजना, नीति तथा कार्यक्रम तय गर्ने उद्देश्यका साथ कुखुरासम्बन्धी सम्मेलनको आयोजना गर्न लागिएको सम्मेलन आयोजक समितिकी अध्यक्ष डा. शारदा थपलियाले बताइन् ।

 

‘सम्मेलनमा भारत, जापान, अष्ट्रेलिया, जर्मनी, बंगलादेश, इजिप्टलगायतका १० वटा देशका ५० भन्दा बढी कुखुरासम्बन्धी खोज गर्ने वैज्ञानिकहरु सहभागी हुनुहनेछ ,’ उनले भनिन् । सम्मेलन कुखुरी पालनका क्षेत्रमा कार्यरत कृषकहरुलाई बढि उपयोगी हुने उनको दाबी छ । नेपालमा हाल कुखुरा पालनबाट वार्षिक ३३ अर्ब ३२ करोड आम्दानी हुन गरेको सरकारी तथ्यांक छ ।

प्रकाशित समय १६:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु