गृहपृष्ठ चितवनमा पनि नेकपाको चियापान, पाँच हजारलाई निम्तो
चितवनमा पनि नेकपाको चियापान, पाँच हजारलाई निम्तो
नेपाल कम्युनिस्ट पार्टी नेकपा चितवनले पनि चियापान कार्यक्रमको आयोजना गरेको छ । विजयादशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा आइतबार नेकपाले आयोजना गर्ने चियापान कार्यक्रममा पाँच हजारलाई निम्ता दिईएको छ ।
पार्टीका नेता कार्यकर्ता, विभिन्न राजनीतिक दल, नागरिक समाज,सर्वसााधरणलाई निमन्त्रणा गरिएको नेकपा चितवनले जनाएको छ । भरतपुर हाकिम चोकको होटल स्टार ब्याङकेटमा अपराह्न १ बजे चियापान कार्यक्रम राखिएको छ । कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, महासचिव विष्णु पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ, प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणि पौडेल, मन्त्री दावा लामा, नेकपा नेताहरु अमिक शेरचन, सुरेन्द्र पाण्डे, प्रतिनिधि तथा राष्ट्रिय सभाका सांसद, प्रदेशका मन्त्री तथा सांसद र विभिन्न स्थानीय तहका प्रमुख चियापानमा सहभागी हुने बताइएको छ ।
प्रकाशित समय ११:३३ बजे

















