गृहपृष्ठ गण्डकी प्रदेशमा कार्यविधिसहित १३ कार्यालय खालिने
गण्डकी प्रदेशमा कार्यविधिसहित १३ कार्यालय खालिने
गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकले विभिन्न कार्यविधिसहितको कार्यालय खोल्ने निर्णय गरेको छ ।
बैठकले एक दर्जनभन्दा बढी कार्यविधिसँगै ६ पूर्वाधार र ७ खानेपानीकासहित १३ वटा कार्यालय खोल्ने निर्णय गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । कार्यविधिमा बालीका मुख्य क्षेत्र प्रवद्र्धन सहयोग कार्यक्रम सञ्चालन, प्रशोधन केन्द्र तथा टिस्युकल्चर ल्याब स्थापना, साना तथा आधुनिक सिँचाइ कार्यक्रम सञ्चालन, कृषि यान्त्रीकरण तथा ग्रिनहाउस निर्माण सहयोग कार्य सञ्चालन, कोल्ड स्टोर, चिस्यान केन्द्र र कोल्ड रुम स्थापना कार्यक्रम रहेका छन् ।
यसैगरी गरीब लक्षित विपद्, उद्धार तथा राहत वितरण, दुग्ध किसान केन्द्र स्थापना सहयोग, साझेदारीमा पशु बधशाला तथा बधस्थल निर्माण सुधार सहयोग र मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रम सञ्चालन, जनता आवास, साझेदारी सडक र जलस्रोत तथा सिँचाइसम्बन्धी कार्यविधि छन् ।
कार्यविधि पारित गरी मन्त्रिपरिषद्कै प्रशासन तथा विधेयक समितिमा पठाइएको प्रवक्ता बस्नेतले जानकारी दिए । बैठकले मंगलबारदेखि सञ्चालन हुने दुई दिने प्रदेश समन्वय परिषद् बैठकका कार्यसूची समेत पारित गरेको छ ।(रासस)
प्रकाशित समय ०७:३८ बजे
















