गृहपृष्ठ अपडेट : सैनामैनामा गम्भीर दुर्घटना, स्थानीयद्वारा बाटो बन्द
अपडेट : सैनामैनामा गम्भीर दुर्घटना, स्थानीयद्वारा बाटो बन्द
दुर्घटनापश्चात स्थानीयत सडकमा पल्टाएकाे विङ्गर । तस्बीर : कृष्ण खनाल/न्युज काराेबार
रुपन्देहीको सैनामैना –४ मुर्गिया लायन्स चोक नजिकै लु.१ ज २७२८ नम्बरको विङ्गगरले लु. १ प ७७ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको छ । कलिपवस्तुको जीतपुरबाट बुटवल तर्फ आउदै गरेको विङ्गगरले सैनामैना १ रानिवगीयाबाट रामापुर तर्फ जाँदै गरेको मोटरसाईकललाई ठक्कर दिएको हो ।
आफ्नो साईडबाट हिडेको मोटरसाईक वाटोको छेऊमा गएर तीब्र गतिमा रहेको विङ्गगरले ठक्कर दिएको प्रत्यक्षर्शीले जनाएका छन् । विङ्गगार चालकले गम्भीर गल्ती गर्दै बोटोको बायाँ साईडबाट हिडेको मोटरसाईकलाई ठक्कर दिएपछि स्थानियहरुले आक्रोसित हुदै विङ्गगर तोडफोड गरेका छन् ।
विङ्गरको लापरवाहीले गम्भीर दुर्घटना भएको भन्दै आक्रोसित स्थानियहरुले पूर्व–पश्चिम राजमार्गको मुर्गियामा सडक अवरोध गरेका छन् । स्थानियहरुले ठक्कर दिने वीङ्गगरलाई बीच बाटोमा पल्टाएर बाटो अवरोध गरेका हुन । बाटो खुलाउनको लागि प्रहरीले प्रयास जारी राखेको छ ।
प्रकाशित समय १६:१३ बजे

















