गृहपृष्ठ बकर र्इदकाे अबसरमा प्रदेश पाँचमा बुधबार सार्वजनिक विदा

बकर र्इदकाे अबसरमा प्रदेश पाँचमा बुधबार सार्वजनिक विदा

प्रदेशमा रहेका संघीय सरकार अन्तर्गतका कार्यलयमा भने अन्योल

province_5_newskarobar फाइल तस्बिर ।

 

प्रदेश नम्बर ५ सरकारले बुधकार मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर र्इदका अवसरमा सार्वजनिक विदा दिने भएको छ । सरकारले प्रदेश मातहतका सरकारी तथा गैर सरकारी कार्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए । प्रदेश अन्र्तगतका सार्वजनिक कार्यालयहरु बन्द हुने भएपनि संघिय सरकार अन्र्तगत रहेका कार्यालयहरु खुल्ने नखुल्ने अन्यौल छ । संघिय सरकारले सार्बजनिक विदा नदिए जिल्ला प्रशासन कार्यालय, नेपाल राष्ट्र बैंकको भैरहवा शाखा तथा बैंक तथा वित्तिय संस्था, भन्सार, राजश्व लगायतका कार्यालय खुल्ला रहने छन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले प्रदेश सरकारले गरेको निणर्य बारेमा जानकारी नभएको र संघिय सरकारले पनि अहिलेसम्म विदाको घोषणा नगरेकाले संघिय सरकार अन्र्तगतका कार्यालयहरु खुल्ला रहन सक्ने बताए ।

प्रकाशित समय १५:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु