गृहपृष्ठ व्यवस्थापन शिक्षालाई पुनः परिभाषित गर्न बुटवलमा अन्तर्राष्ट्रिय सेमिनार

व्यवस्थापन शिक्षालाई पुनः परिभाषित गर्न बुटवलमा अन्तर्राष्ट्रिय सेमिनार

international-seminar

पछिल्लो समयमा व्यवस्थापन संकायमा विद्यार्थीहरुको आर्कषण जति मात्रामा बढेको छ । सोही अनुसार रोजगारी कमै मात्रामा प्राप्त गरेको पाइन्छ । यसैलाई मध्यनजर गर्दै बुटवलस्थित लुम्बिनी बाणिज्य क्याम्पसले व्यवस्थापन विषयलाई पुनः परिभाषित गर्ने अभियानको थालनी गर्दैै यस क्षेत्रमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको सेमिनार आयोजना गर्ने भएको छ ।

वदलिँदो परिस्थिति अनुसार व्यवस्थापकीय जनशक्ति र क्षमतामा पनि परिस्थितिजन्य परिवर्तन आवश्यक भएको कुरा मनन् गरी बजारको आवश्यकता अनुसारको व्यवस्थापकीय जनशक्ति तयार गर्न हालको पाठ्यक्रम शिक्षण पद्दति तथा मूल्यांकन विधि समेतलाई समेटी व्यवस्थापन प्रणालीको पुनः परिभाषित गर्नु पर्ने कुरालाई मनन् गर्दै यो अन्तर्राष्ट्रिय सेमिनारको आयोजना गरिएको हो ।

लुम्बिनी बाणिज्य क्यम्पसका प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायका अनुसार क्याम्पसले यस क्षेत्रमै पहिलो पटक दुई दिने अन्तर्राष्ट्रिय स्तरको अनुसन्धानमुलक सेमिनार अयोजना गरको हो ।

यही २०७५ साल कार्तिक ३० गते र मंसीर १ गते यसै लुम्बिनी वाणिज्य क्याम्पसको सेमिनार हलमा यो अन्तर्राष्ट्रिय सेमिनार संचालन गरिने छ । यस सेमिनारमा सेमिनारको प्रकरणमा आधारित विभिन्न विधामा विभिन्न विश्वविद्यालयका प्राध्यापकहरु तथा अनुसन्धानकर्ताहरुद्वारा अनुसन्धानमूलक लेख प्रस्तुत हुने सेमिनार संयोजक प्रा.डा. कृष्ण भट्राईले जानकारी दिए । उनका अनुसार अन्तर्राष्ट्रिय सेमिनारमा विभिन्न विश्वविद्यालयका पदाधिकारीहरु, वरिष्ठ प्राध्यापकहरु तथा अन्य अनुसन्धानकर्ताहरुको समेत सहभागिता रहने छ ।

सेमिनारमा करिव ३०० जनाको सहभागिता रहने आयोजकले जनाएको छ । यो सेमिनार सफलतापूर्वक सम्पन्न गर्न र प्रभावकारी व्यवस्थापनका लागि सेमिनार मूल व्यवस्थापन समितिअन्तर्गत रहने गरी १४ वटा उपसमितिहरु गठन गरी कार्य अगाडि बढाइएको छ ।

प्रकाशित समय १७:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु