गृहपृष्ठ राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्ड जाने
राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्ड जाने
राष्ट्रपति विद्यादेवी भण्डारी डिसेम्बरमा पोल्याण्ड जाने भएकी छिन् । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनका लागि राष्ट्रपति भण्डारी डिसेम्बरमा पहिलो साता पोल्याण्ड जान लागेकी हुन् ।
परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले राष्ट्रपति भण्डारी डिसेम्बर १ मा पोल्याण्ड जाने तय भएको जानकारी दिए । डिसेम्बर ३ देखि १४ सम्म पोल्याण्डमा जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसंघीय सम्मेलन हुँदै छ ।
प्रकाशित समय १७:४७ बजे

















