गृहपृष्ठ प्रदेश ५ : मंसिर २६ मा प्रदेशसभा बैठक

प्रदेश ५ : मंसिर २६ मा प्रदेशसभा बैठक

विगत ४ महिनादेखि बस्न नसकेको प्रदेश–५ को प्रदेशसभा बैठक यही मंसिर २६ गते बस्ने भएको छ । मन्त्रिपरिषद् बैठकले २६ गते दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।

प्रदेशसभाको यो हिउँदे अधिवेशनमा कानुन निर्माणलाई प्राथमिकता दिने सरकारको तयारी छ । त्यसका लागि सरकारले १५ भन्दा बढी विधेयकहरु तयार पारेको छ ।

कांग्रेस महासमिति बैठक भएकाले त्यसपछि मात्रै बैठक बस्ने तयारी गरिएको छ । यस्तै मन्त्रिपरिषद् बैठकले दाङ घोराही ८ ढिकापुर गाउँलाई वडा नम्बर–९ मा गाभ्ने प्रस्ताव आएकाले स्वीकृत गर्दै संघीय सरकारमा पठाउने निर्णय गरेको छ । सार्वजनिक खरिदसम्बन्धी कार्यविधि पारित गरेको छ भने प्रदेश सहकारी विधेयक सदनमा पेश गर्ने निर्णय गरेको छ ।

प्रकाशित समय १८:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु