गृहपृष्ठ मुगुका तीन ठाउँंमा १० करोडको लागतमा रिसोर्ट निर्माण गर्ने तयारी

मुगुका तीन ठाउँंमा १० करोडको लागतमा रिसोर्ट निर्माण गर्ने तयारी

काठमाडौ– मुगु जिल्लाको तीन ठाउँंहरुमा रारा भिलेज रिसोर्ट सञ्चालनमा ल्याइने भएको छ । मुगुको विमानस्थल ताल्चा, त्यसनजिकको सल्लेरी र मुर्मा गरी तीन ठाउँंहरुमा रिसोर्ट सञ्चालनमा ल्याइन लागेको हो ।
रिसोर्ट भबनको बैशाख ६ गते शुक्रबार शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ । पहिलो चरणमा ताल्चा र सल्लेरीमा भबन शिलान्यास गर्न लागेको जनाइएको छ । दोश्रो चरणमा मुर्मामा भबन निर्माणको शिलान्यास हुने जनाइएको छ ।
कम्पनीका अध्यक्ष अनुपविक्रम शाहले १० करोडको पुँंजीमा रिसोर्ट सञ्चालनमा ल्याउन लागेको जनाए । ताल्चामा २० कोठाको हलसहित र सल्लेरीमा १० कोठासहितको रिसोर्ट बनाउन लागेको अध्यक्ष शाहले जनाए । साथै मुर्मामा असोज महिनामा ३० कोठाको रिसोर्ट बनाउने अध्यक्ष साहले सुनाए । तीन ठाउँमा गरेर २० रोपनी जग्गाको क्षेत्रफलमा रिसोर्ट रहने अध्यक्ष शाहले जानकारी दिए ।
अध्यक्ष साहले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी रिसोर्ट सञ्चालनमा ल्याउन लागेको प्रष्ट पारे । मगुको रारा ताललगायतको पर्यटन प्रबद्र्धन गरी स्थानीयको जीवनस्तरलाई उकास्न सहयोग पुयाउने उद्देश्यले रिसार्ट सञ्चालनमा ल्याउन लागेको उनले जनाए ।
रिसोर्ट सञ्चालकमध्येका एक एवं गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले मुगु जस्तो विकट स्थानमा पनि वातावणमैत्री इको प्यानल प्रयोग गरी आकर्षक रिसोर्ट बनाउन सकिने उदाहरणका साथ रिसार्ट सञ्चालन गर्न लागिएको जनाए ।
रारामा भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सख्या बर्षेनी उल्लेख्य रुपमा बढ्दै गएको तथ्यांक छ । अत्यन्त मनोरम र प्राकृतिक दृष्यहरुले राराको भ्रमणलाई पटकपटक जान मन गर्ने भएकोले पनि दोहो¥याएर जानेको सख्या उल्लेख्य देखिन्छ । विदेशी पर्यटकका लागि यो लामो बसाईको रोजाइमा पर्ने स्थान पनि हो ।
रारा तालको भ्रमणमा जानेहरुलाई बसोवास र खानाका लागि ताल किनारमा रहेका अस्थाई प्रकृतिका रहेका कारण पनि उपलव्ध सेवाहरु गुणस्तरीय र सुलभ हुन सकेका छैनन् । पर्यटकका लागि आवश्यक अन्य सेवाहरु शून्य प्राय रहेका छन् । एकातर्फ नेपाल सरकार र रारा नगरपालिकाले यसै बर्षदेखि ताल किनारमा रहेका प्राय सवै संरचना हटाई तालको स्वच्छता कायम गर्ने अभियान चलाउने घोषणा गरेकाले अव ताल किनारमा बसोवासका लागि कुनै होटल रहने छैनन् ।

प्रकाशित समय १६:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु