गृहपृष्ठ मुक्तिनाथ विकास बैंकले प्रहरीलाई दियो स्टिकर
मुक्तिनाथ विकास बैंकले प्रहरीलाई दियो स्टिकर
मुक्तिनाथ विकास बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिका महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरीलाई सामाजिक जनचेतनामूलक तथा सुरक्षा सम्बन्धी आकस्मिक सम्पर्क नम्बरहरु भएको स्टीकर सहयोग गरेको छ । ती स्टीकर कमलपोखरी प्रहरी बृत्तअन्तर्गत रहेका करिब १० हजार घर तथा कार्यालयमा टाँसिनेछ । ती स्टीकर मुक्तिनाथ विकास बैंकका मार्केटिङ्ग तथा कर्पोरेट मामिला विभागका प्रमुख बसन्त बक्सीले कमलपोखरी बृत्तका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेललाई हस्तान्तरण गरे ।
प्रकाशित समय १६:१८ बजे

















