गृहपृष्ठ कालीकोट र दैलेखमा कुकर बम विस्फोट

कालीकोट र दैलेखमा कुकर बम विस्फोट

विप्लव समूहका दुई जना पक्राउ

bom-newskarobar याे सांकेतिक तस्बिर हाे ।

 

दैलेख र कालीकोटमा कुकर बम विस्फोट गरी भाग्दै गर्दा विप्लव समूहका दुई कार्यकर्तालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । दैलेख र कालीकोटको सीमानामा पर्ने कालेखोला भन्ने ठाउँमा कुकर बम विस्फोट गरी भाग्दै गर्दा सान्नी त्रीवेणी गाउँपालिका ८ मुम्म्राका २३ वर्षीय काँशी दर्जी पक्राउ परेका छन् ।

त्यस्तै मंगलबारै कालीकोटको खड्कचक्र नगरपालिका–१ नापी कार्यालय नजिकै कुकर बम पड्काएर भाग्दै गर्दा नरहरीनाथ गाउँपालिका कोडबाडाका अनिपाल विकलाई पनि पक्राउ गरिएको कालीकोटका प्रहरी प्रमुख विनोद शर्माले जानकारी दिए ।

बम विस्फोटमा मानवीय क्षती नभएको प्रमुख शर्माले बताए । उनले भने, ‘कालीकोटमा बन्दको प्रभाव सामान्य नै रह्यो । बम विस्फोट गराएर भाग्दै गर्दा हामीहरुले दुई जनालाई पक्राउ गरेका छौं ।’ मानविय क्षती भन्दा पनी जनतालाई तर्शाउने नियतले उनीहरुले बम विस्फोट गरेको समेत शर्माले बताए ।

शान्त रह्यो सुर्खेत
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भने विप्लव समूहले गरेको बन्दको समयमा अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरिक्षक शंकर श्रेष्ठले जानकारी दिए । उनले भने ‘अहिले सम्म जिल्लाका कुनैपनी ठाउँमा त्यस्ता अप्रिय घटना घटेको छैन । दिनभर जिल्लाको जनजीवन सामान्य रह्यो ।’ विप्लव समूहले आह्वान गरेको बन्दका कारण भने सुर्खेत जिल्लाभर पठनपाठन प्रभावित भएको छ ।

प्रकाशित समय १९:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु