गृहपृष्ठ कञ्चनपुर घटना : डिएनए नमिलेपछि पक्राउ परेका दिलिप सिंह छुटे
कञ्चनपुर घटना : डिएनए नमिलेपछि पक्राउ परेका दिलिप सिंह छुटे
कञ्चनपुरकि १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या अभियोगमा प्रहरीले मुख्य अभियुक्तका रुपमा पक्राउ गरिएका दिलीपसिंह निर्दोष सावित हुँदै रिहा भएका छन् ।
निर्मलाको डिएनएको प्रोफाइल र दिलीपसिंहको डिएनएको प्रोफाइल नमिलेपछि विष्टलाई जिल्ला अदालत कञ्चनपुरले मंगलबार साधारण तारेखमा रिहा गर्न आदेश दिए पछि उनी रिहा भएका हुन् ।
‘निर्मलाको डिएनएको प्रोफाइलसँग दिलीप सिंहको डिएनएको प्रोफाइल नमिलेपछि उनलाई अदालतले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको सरकारी वकिल कार्यालय कञ्चनपुरका न्यायाधीवक्ता खेमराज भट्टले जानकारी दिए ।
प्रकाशित समय १७:४३ बजे