गृहपृष्ठ सरकारले तानाशाही प्रवृत्ति देखायो : भण्डारी
सरकारले तानाशाही प्रवृत्ति देखायो : भण्डारी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले चिकित्सा क्षेत्र र सञ्चार जगतप्रति सरकारले तानाशाह प्रवृत्ति देखाएको टिप्पणी गरेका छन् । प्रेस युनियन गुल्मीको अधिवेशन उद्घाटन गर्न पुगेका भण्डारीले यी दुई क्षेत्रलाई सरकारले ध्वस्त पार्न खोजेको आरोप लगाए ।
अधिबेशन उद्घाटनका क्रममा सरकारप्रति आक्रामक अभिव्यक्ति दिएका भण्डारीले मंगलबार मेडिकल क्षेत्र र पत्रकारिता क्षेत्रलाई नसताउन आग्रहसमेत गरे । फरक प्रसँगमा उनले कांग्रेसको सरकारको पालाको जति बजेट गुल्मीमा ल्याए अहिलेका मन्त्रीलाई आजीवन सांसद बनाइदिने भन्दै कटाक्ष गरे ।
प्रकाशित समय १७:५५ बजे
















