गृहपृष्ठ सुदूरपश्चिममा स्क्रब टाइफसको प्रकोप बढ्दै

सुदूरपश्चिममा स्क्रब टाइफसको प्रकोप बढ्दै

स्क्रबटाईफस रोगको सक्रमण सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा देखा पर्न थालेको छ । यसको संक्रमणबाट डडेल्धुरामा एक जनाको मृत्युसमेत भइसकेको छ ।

कैलाली कञ्चनपुरसँगै पहाडी जिल्लाहरुमा पनि यो रोगको संक्रमण बढ्दै गएको छ । स्क्रब टाइफसको प्रकोप वढिरहेकोले माहामारीको खतरा हुन सक्ने भन्दै बँच्न सबैलाई सचेत रहन चिकित्सकहरुले आग्रह गरेका छन् ।

लगातार ज्वरो आइरहने, टाउको दुख्ने, पसिना छुट्ने, आँखाको डिल दुख्ने, थकानको महसुस हुने, खोकी लाग्ने जस्ता लक्षण देखिएका बिरामीहरुको जाँच गर्दा स्क्रबटाइपसका बिरामीहरुको संख्या बढिरहेको पाइएको हो । रोगको संक्रमण भएको ५ देखि ७ दिनमा घाँटीमा रातो बिमिरा देखिने र पछि त्यो बिमिरा क्रमशः शरीरको अन्य भागहरुमा फैलिँदै जाने रोगको प्रकोप सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा बढिरहेको छ ।

उपक्षेत्रीय अस्पताल डडेल्धुरामा पछिल्लो १५ दिनमा ७६ जना बिरामीमा जाँच गर्दा ३३ जनामा यो रोगको संक्रमण देखा परेको उपक्षेत्रीय अस्पताल डडेल्धुराका निमित्त मेसु डाक्टर जितेन्द्र कँडेलले जानकारी दिए ।

ति बिरामीमा २१ जना डडेल्धुराकै छन् भने ११ जना बैतडीका र वझाङका एक जना छन् । धनगढीको सेती अञ्चल अस्पतालमा पनि यो वर्ष ५० जना स्क्रब टाइफसका बिरामी देखिएकोमा डडेल्धुराकी २२ वर्षीया सरस्वती भट्टको मृत्यु भइसकेको छ । सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा यो रोगको प्रकोप फैलिँदै गएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताए ।

स्क्रबटाइफस रोगका बिरामीको संख्या बढेसँगै महामारीको खतरा बढेको छ । स्क्रब टाइफस रोगका बिरामीको संख्या बढे पनि नियन्त्रणका लागि उपायहरु अपनाउन ढिलाइ भइरहेको स्वास्थ्यकर्मीहरुको आरोप छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार यो रोगको किट जाँच गर्न स्वास्थ्य संस्थाहरुमा नपठाइने र माग भएमा सहयोग हुँदै आएको बताइएको छ ।

प्रदेश र स्थानीय तहमा रकम पठाइएकोले त्यसका लागि लाग्न निर्देशन दिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक डा. विवेक कुमार लालले अहिले स्थानीय तह र प्रदेश सरकारलाई औषधिका लागि बजेट दिएकोमा त्यही अनुसार गर्न भनेको बताए ।

प्रकाशित समय १८:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु