गृहपृष्ठ पानी कसरी र कति पिउने ?

पानी कसरी र कति पिउने ?

पानी पिएपछि पहिलो स्वास नाकबाट होइन मुखबाट फेर्नुस्

पानीलाई स्वादहीन, गन्धहीन यौगिकको रूपमा लिइन्छ । स्वस्थ र तन्दुरुस्त रहन पानी आवश्यक हुन्छ । कति मात्रामा पानी पिउनु आवश्यक छ ? यसको सन्तुलन मिलाउन सकेमा शारीरिक तन्दुरुस्ती कायम राख्न सकिन्छ । यसको विपरित उपयुक्त मात्रामा पानी नपिउँदा त्यसले उल्टो असर गर्न पनि सक्छ । भनिन्छ शुद्ध पिउने पानीको सन्तुलन मिलाउने हो भने ५० प्रतिशत रोगबाट छुट्कारा पाउन सकिन्छ ।

हाम्रो शरीरमा करिब ६० देखि ७० प्रतिशतसम्म पानी हुन्छ । चिकित्सक तथा पोषण विज्ञका अनुसार मानिसले दिनमा कम्तिमा ८ ग्लास वा झण्डै दुई लिटर पानी पिउनु अनिवार्य हुन्छ । तर दिनभरमा कति पानी पिउने भन्ने कुरा मानिसको शरीरको वजन तथा जिउडालमा भर पर्छ । कत्रो जिउ भएका मानिसले कति पानी पिउने ? यसको सूत्र थाहा पाउँदा सहज हुन्छ ।

हाम्रो शरीरमा भएका विषाक्त पदार्थको निष्कासनदेखि मेटाबोलिज्म तथा पाचन क्रिया जस्ता विभिन्न कार्यका लागि पानि आवश्यक हुन्छ । कस्तो शारीरिक बनावट भएकाहरुका लागि कति पानी पिउनु आवश्यक हुन्छ भन्ने जान्नका लागि पहिले आफ्नो शरीरको वजन थाहा पाउनुपर्छ । किनकी ४० किलो तौल भएको तथा ८० किलो तौल भएको मानिसलाई आवश्यक पर्ने पानीको मात्रा फरक फरक हुन्छ ।

 

शारीरिक बनावट अनुसार पानीको मात्राः

  • सानो अथवा मध्यम शरीर भएमा प्रतिदिन तीन लिटर र ठूलो शरीर भएमा चार लिटर पानी पिउनु स्वास्थ्यका लागि लाभदायक हुन्छ ।
  • बिहान उठ्नसाथ पानी पिउँदा कब्जियतको प्रभाव न्युन हुन्छ ।
  • खाना खानुभन्दा आधा घण्टाअघि र खाना खाएको आधा घण्टापछि पानी पिएमा पाचन प्रणालीलाई असर गर्दैन ।
  • नुहाउनुअघि पानी पिउने गरेमा रक्तचाप नियन्त्रित अवस्थामा रहन्छ । उच्च रक्तचाप हुनेहरूले नुहाउनुअघि पानी पिउनु लाभदायक हुन्छ ।
  • सुत्नुअघि पानी पिउनाले हृदयाघातको जोखिम कम हुन्छ । अनिद्राको समस्या छ भने चाहिँ सुत्नुअघि कम पानी पिउनुपर्छ । किनकि, पानी पिउँदा राति पिसाब आई निद्रा बिथोलिन सक्छ ।
  • बिहान उठेपछि मनतातो पानीमा मह र कागतीको रस मिसाई खाँदा समग्र शरीरलाई लाभदायक हुन्छ ।
  • पानी पिउँदा बिस्तारै सुरुप सुरुप गरेर पिउनुपर्छ । यसो गर्दा शरीरमा अम्ल र क्षारको मात्रा सन्तुलनमा रहन्छ । पानी बिस्तारै पिउनाले शरीरमा बढी मात्रामा क्षार उत्पन्न हुन्छ जसले अम्लको मात्रालाई सन्तुलन गरिदिन्छ ।
  • काँक्रा, खरबुजालगायत फलफूलमा प्रशस्त मात्रामा पानी हुन्छ । त्यसैले यस्ता फलफूल खानासाथ पानी पिउनु हुँदैन ।
  • चिया, कफी, दूधजस्ता तातो वस्तु खानासाथ पानी पिउनु हुँदैन ।
  • व्यायाम गर्दा पसिना निस्कन्छ, जसले शरीरलाई डिहाइड्रेट गरिदिन्छ । त्यही भएर व्यायामपछि पानी पिउनु लाभदायक हुन्छ ।
  • घाममा हिँडेर अथवा कामबाट फर्किनासाथ पानी पिउनु हुँदैन । केही क्षण आराम गरेर शरीर सामान्य अवस्थामा आएपछि पानी पिउनुपर्छ ।
  • ज्यादा चिसो अथवा तातो पानी भरसक पिउनु हुँदैन ।
  • एकैचोटी धेरै पानी पिउने गर्नुहुँदैन यसो गर्दा शरीरमा पाचनप्रक्रियामा खराबी आउनसक्छ । पेटले अतिरिक्त श्रम गर्नुपर्छ ।
  • राति निन्द्राबाट उठेर एक्कासी पानी पिउँदा ज्वरो आउने सम्भावना हुन्छ ।
  • पानी पिउँदा कहिलेपनि सुतेर पिउनु हुँदैन । र, अँध्यारो समयमा पनि पानी पिउनुहुँदैन । पानी पिएपछि पहिलो सास नाकबाट नभइ मुखबाट छोड्नु उपयुक्त मानिन्छ ।

प्रकाशित समय ०८:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु