गृहपृष्ठ म्यानचेस्टर युनाइटेड च्यााम्पियन्स लिगको क्वाटरफाइनलमा, पीएसजी बाहिरियो

म्यानचेस्टर युनाइटेड च्यााम्पियन्स लिगको क्वाटरफाइनलमा, पीएसजी बाहिरियो

म्यानचेस्टर युनाइटेड भाग्यमानी सावित हुँदै च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ । युनाइटेड अवे गोलका आधारमा च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

बुधबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेनलाई तीन–एक गोलले पराजित गर्दै समग्रमा तीन–तीन को बराबरी भएको थियो । निर्णय अवे गोलका आधारमा लिइयो । युनाइटेडले अन्तिम आठमा स्थान बनायो ।

पहिलो लेग दुई शून्यले हारेको युनाइटेडले पीएसजीको मैदानमा उत्कृष्ट कमब्याक गर्न सफल भयो । रोमेलु लुकाकुले दुई गोल गरे । दोस्रो मिनेटमा नै लुकाकुले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।

१२ औं मिनेटमा बेरनाटले पीएसजीका लागि गोल गर्दै खेल एक–एकको बराबरीमा फर्काए । ३० औं मिनेटमा गोल गर्दै फेरि लुकाकुले नै युनाइटेडलाई अग्रता दिलाए । दोस्रो हाफमा युनाइटेडका लागि मार्कुस सारफोर्डले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई तीन एकको जित दिलाए । युनाइटेडले भार प्रणालीका माध्यमबाट पेनाल्टी पाएको थियो ।

पछिल्लो दुई संस्करणमा प्रिक्वार्टरमाथि उक्लन नसकेको युनाइेटडका लागि प्रशिक्षक गुनर भाग्यमानि सावित भए । युनाइेटडले लगातार २१ अवे खेलमा जित निकालेको छ ।

यस्तै रोमालाई हराउँदै पोर्टो पनि च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

प्रकाशित समय ०७:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु