गृहपृष्ठ एनसीसी बैंकको ब्रान्ड एम्बेसडरमा आरिफ र रोहित
एनसीसी बैंकको ब्रान्ड एम्बेसडरमा आरिफ र रोहित
नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी बैंक) ले नेपाली क्रिकेट क्षेत्रका उदीयमान खेलाडी आरिफ शेख र रोहितकुमार पौडेललाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । बैंकले बुधबार एक कार्यक्रम गरी आरिफ र रोहितलाई दुई वर्षका लागि ब्रान्ड एम्बेसडर नियुक्त गरेको जानकारी गराएको हो ।
ब्रान्ड एम्बेसडर नियुक्त भएबापत दुवै खेलाडीले मासिक २५/२५ हजार पाउनेछन् । कार्यक्रममा उनीहरूले आफ्नो खेल जीवनका चुनौती, सफलता एवं भावी योजनाबारे जानकारी गराएका थिए । बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले नेपाली क्रिकेट जगतका उदीयमान खेलाडीद्वय आरिफ र रोहितलाई बैंकको ब्रान्ड एम्बेसडरको रुपमा आबद्ध गराउन पाउँदा खुसी लागेको बताए ।
त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले आरिफ र रोहितजस्ता युवा खेलाडीलाई बैंकसँग आबद्ध गर्न पाउनु गौरवको विषय भएको धारणा राखे । राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले एनसीसी बैंकले आरिफ र रोहितलाई ब्रान्ड एम्बेसडर बनाएर सराहनीय कार्य गरेको विचार राखे ।
प्रकाशित समय ०७:१७ बजे

















